चट्याङ लागेर २ जनाको मृत्यु, ५ घाइते

विराटनगर,२६फागुन।  ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ सावा बस्ने करिब ३२ वर्षिया दावाफुट्टी शेर्पाको चट्याङ लागेर घरमै मृत्यु भएको छ। खाना खाइरहेका बेला वर्षासँगैको चट्याङ खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल निवासी हर्कमान राईकी पत्नी ५६ वर्षीया रिजामली राईको चट्याङकै कारण मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको सोलु प्रहरीले जनाएको छ।

चट्याङकै कारण ताप्लेजुङ्गको सिरिजंगा गाउँपालिका ४ का ३१ वर्षीया पमला लिम्बु, ९ वर्षीय युजल लिम्बु र फुङलिङ नगरपालिका ७ का ३१ वर्षीया कुसुम थुलुङ, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका २५ वर्षीया शान्ति राई, र प्रितु बहादुर कार्की का १४ वर्षका छोरा छितिज कार्की तथा संखुवासभाको चैनपुर नगरपालिका १ सुकेबजारका २६ वर्षीय छिरीङ दोर्जे भोटे घाइते भएका छन्।