फागुन २४ र २५ गते पोखरामा छैटौँ पेक ईन्जिनियरिङ प्रर्दशनी

पोखरा,२३ फागुन

पोखरा ईन्जिनियरिङ कलेज फिर्केको आयोजनामा यही फागुन २४ र २५ गते छैटौ ईन्जिनियरिङ प्रर्दशनी हुने भएको छ ।

ईन्जिनियरिङ विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुद्धारा गरिएको प्रोजेक्टहरुलाई प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनीको मुख्य आकर्षणको रुपमा टफिक लाईट कन्ट्रोलर, ईजी ईनर्जी मिटर, पेक एप्स लगायत रहेका छन् ।

विद्यार्थीका सृजनालाई सार्वजनिक गरि उनीहरुमा हौसला प्रदान गर्ने र विकास गरिएका प्रविधिहरुको व्यवसायिक उपयोगिताको प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको पोखरा ईन्जिनियरिङ केलजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए । ‘हाम्रा विद्यार्थीहरुले पोखराको पहिलो मानव यन्त्र(रा्ेवोट)को निमार्णका साथै विद्युतिय भोटिङ मेसिन पनि निर्माण गरेका छन्’, गुरुङले भने‘ विद्यार्थीहरुले हासिल गरेको प्राविधिक ज्ञानलाई सवै सामु पु¥याउन प्रदर्शनी सफल हुने विश्वास लिएका छौँ’।

पेकका विद्यार्थीहरुले पछिल्लो समय विद्यार्थी परिचयपत्रको आधिकारिकता जाँच गर्ने मोवाईल एप्लिकेशन समेत निर्माण गरेका छन् ।
२०५६ सालमा स्थापना भएको पोखरा ईन्जिनियरिङ कलेजले सिटिईभिटी को सम्वन्धनमा डिप्लोमा र पोखरा विश्वविद्यालयको सम्वन्धनवाट स्नातक र स्नातकोत्तर तहमा ईन्जिनियरिङका विभिन्न विषयहरु अध्यापन गराउदै आएको छ । कलेजले यसै शैक्षिक सत्रदेखी स्नातक तहमा थप आर्किटेक विषयको अध्यापन सुरु गरेको जनाएको छ ।