सुनको मूल्य बढ्यो

काठमाडौं,२३ फागुन । आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढ्न गएको छ ।मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुनको मूल्य बढेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।