“ लैगिंक हिंसा रोकथाममा पुरुषको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम”

चितवन, २२ फागुन । भरतपुर महानगरपालिका वडा नंं ७ को आयोजना तथा के.आई नेपालको सहकार्यमा लैगिंक हिंसा रोकथाममा पुरुषको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्रमणी काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का सांसद मिलनबाबु श्रेष्ठको प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै सांसद श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं. ७ लाई लैगिंक हिंसारहित तथा महिलाहरुलाई आर्थिक रुपले शसक्त बनाउनका लागी आफुँले प्रदेश सभाबाटसमेत सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं ७ का ३२ वटा टोल सुधार समिति, लायन्स क्लब, स्पोटर््स क्लब, विद्यालयका प्र.अ, विभीन्न समाजसेवीहरु, महिला समुहहरु गरेर ६८ जना पुरुष तथा ७२ जना महिला गरी १ सय ४० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण वडा नं ७ का वडा सदस्य श्री सरिता सुवेदी पाठकले गरेका थिए । भने कार्यक्रममा महिला दिवसको ऐतिहासिक पृष्ठभुमी, महिला शसक्तिकरणका चुनौतिहरु तथा यसका समाधानका उपायहरुको बारेमा के.आई. नेपालका जिल्ला संयोजक केमिका घिमीरेले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।