फोरह्लि मिनि ट्रक दुर्घटना , ८ घाइते

सिन्धुपाल्चोक,२० फागुन । ।मेलम्ची बाट घलेगाउँ तर्फ जाँदै गरेको बा २ ख ७६२४ नम्बरको फोरह्लि मिनि ट्रक मेलम्ची नगरपालिका ७ स्थित झारडाँडामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

मेलम्ची बाट घले गाउँतर्फ सिमेन्ट, छड बोकि जाँदै गरेको उक्त ट्रकको ब्रेक फेल भइ दुर्घटना भएको थियो । बिहान करिब १०ः३० बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक परशुराम मल्लले जानकारी दिनुभयो । घाइते हुनेहरुमा मेलम्ची ७ का १३ बर्षिय सुदिप गिरि, र १२ बर्षिय सुवास गिरिको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भएको छ ।

त्यस्तै मेलम्ची ७ कै ४५ बर्षकि माइली तामाङ, ३३ बर्षका सिरक तामाङ, २५ बर्षका कुमार घले, र सुरेन्द्र तामाङको चिरन्जिबि अस्पताल मेलम्चीमा उपचार भएको छ । ढाड भाँचिएर मेलम्चीमा उपचार हुन नसकेका मेलम्ची ७ कै ३५ बर्षिय कृष्ण कुमार भारती र बायाँ खुट्टाको घुँडा मुनी फ्याक्चर भएका मेलम्ची ७ कै २८ बर्षिय निर बहादुर घलेको थप उपचारको लागी काठमाण्डौ पठाइएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्ची बाट प्रहरी निरिक्षकको कमाण्डमा घटना स्थलमा पुगेको प्रहरीको टोलीले सवारी चालकलाइ नियन्त्रणमा लिएको छ ।