प्रतिनिधिसभा र राष्ट्रियसभाका जेष्ठ सदस्यले खाए सपथ
काठमाडौँ,२० फागुन । प्रतिनिधिसभा र राष्ट्रियसभाका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन्।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य तारा देवी भट्टलाई ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी छन्। अब उनीहरुले आ–आफ्नो सभाका अन्य सदस्यलाई सपथ गराउने छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको सपथ क्रमश ४ बजे र ५ बजे बानेश्वरस्थित संघीय संसद भवनमा हुने छ।
ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। भट्टले भने नेपाली भाषामा नै सपथ लिएकी थिइन्।