ओली, प्रचण्ड र यादवबीच बालुवाटारमा वार्ता जारी

काठमाडौँ, २० फागुन। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादीफोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा अहिले वार्ता जारी छ ।

आज बसेको वार्तामा मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल भएको र आजै फोरमसँगको सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ ।