पर्सा ठोरीकी सिमरन बनिन् मिस तामाङ

काठमाडौं,२० फागुन । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन् । शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले मिस तामाङको ताज पहिरिन सफल भइन्।

बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन्।

एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए।

ञयदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ रुझ भन्ने प्रश्नको जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन्।

प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन्। सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन्।

कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए।

कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वाचित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलार्इ सम्मान गरियो।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीति र धर्मलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।