स्रस्टा ईन्द्र रेग्मीका तीन कृति एकैसाथ

 

चितवन, १९ फागुन । चितवनका पाका स्रस्टा ईन्द्र रेग्मीका तीनवटा कृति एकैसाथ विमोचन गरिएका छन् । फरक–फरक प्रकाशनबाट निकालिएका कृति शनिबार एकै कार्यक्रममा सार्वजनिक गरिएका हुन् ।
प्रगतिशील लेखक संघले प्रकाशन गरेको ‘बिर्सन सकिएन त’, साहित्य संगम चितवनले प्रकाशन गरेको ‘अनुहारहरुको म्याराथुन’ र जनसांस्कृतिक महासंघ चितवनले प्रकाशन गरेको ‘समयको शल्यक्रिया’ लार्ई प्रमुख अतिथि लेखक रेग्मीकी नातिनी ईशासहित अन्य नातिनातिनी नीशा, रञ्जन र पियूषले संयुक्तरुपमा विमोचन गरे ।


कार्यक्रममा विमोचित कृतिबारे वरिष्ठ निबन्धकार रामबाबु घिमिरे, द्वारिका नेपाल, प्रेम रिमाल, डी आर. पोखरेल, सरिता तिवारी, उदय अधिकारी, प्रेम रिमाल, कपिल अज्ञातलगायतले टिप्पणी गरेका थिए ।

Promise Education Consultancy