नवलपुरको शास्वतधाम ट्राफिक सचेतना कार्यक्रम

राजन खरेल,

नवलपुर, १९ फागुन । देवचुली नगरपालिकाको केउरानी स्थित सि.जी शास्वतधाम अगाडी शनिवार ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । सप्ताह ब्यापी ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत आज अत्यन्त ब्यस्त रहने यस क्षेत्र केन्द्रित गरि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सामाजिक अभियान्ता राजु चापागाईले बताउनु भयो ।

सप्ताहाँ व्यापी ट्राफीक सचेतना कार्यक्रमअन्र्तरगत आज देवचुली नगर पालीको सिजी अर्थात शास्वतधाम अगाडी सचेतनामुलक कार्यक्रम गरिएको छ ।

जिल्ला ट्राफिक कार्यलय नवलपुर, युवा जनजागरण विकास मञ्च कावासोती, नवलपुर एफ एम, हरियाली संस्था र नवलपुर अटो मोवाईल्स एसोसीएसन्सको संयुक्त आयोजनामा हरेक साताको शनिबार जिल्लाका विभिन्न स्थलहरुमा कार्यक्रम गरिदै आएको हरियाली संस्था कावासोतीका एल.एन. दवाडीले जानकारी दिनुभयो । राजमार्गमा दिनहु हजारौ सवारि साधन गुड्ने भएकाले चालक तथा यात्रुको सानो लापरवाहिले ठुलो धन जनको क्षति हुन सक्छ तिव्र गतिमा सवारि नचलाउन तथा ट्राफिक नियमको पालना गर्न चालकहरुलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा नवलपुर एफ एमको टोली सहित युवा जागरण अभियानका अध्यक्ष सुदन लम्साल,स्थाई ट्रफिक पोस्ट रजहरका खडक शाह लगाएतले सडकमा तिव्र गति जिवनको क्षति लगाएतका प्लेकाड सहित सवारी चालकहरुलाई सचेत गराईएको थियो ।

Promise Education Consultancy