मेयर कप तेक्वान्दोमा रत्ननगर प्रथम

चितवन, फागुन १९ । पूर्वी चितवनको रत्ननगरमा आयोजित जिल्ला व्यापी ५९ औं आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा रत्ननगर तेक्वान्दो डोजाङ टिम प्रथम भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्वर १ को कार्यालय र रत्ननगर तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्ण ,१ रजत सहित रत्ननगर टिम प्रथम भएको हो । सौराहा तेक्वान्दो डोजाङ टिम द्धितिय हुँदा न्यु स्टार तेक्वान्दो डोजाङ टिम तृतिय भएको छ ।
सौराहाले ३ स्वर्ण,१ रजत र १ कास्य तथा न्यु स्टारले १ स्वर्ण,१ रजत र ४ कास्य प्राप्त गरेको तेक्वान्दोका अन्र्तराष्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ सौराहाका रुमित राउत र महिला तर्फ विरेन्द्रनगरकी अनुमा तामाङ उत्कृष्ठ खेलाडी भए ।
विजयी टिम तथा खेलाडीहरुलाई रत्ननगर १ का वडाध्यक्ष शंकरसिं लामा र जिल्ला तेक्वान्दो संघ चितवनका अध्यक्ष पुष्पराज जोशीले ट्रफी,प्रमाणपत्र र मेडलले पुरस्कृत गरे । शुक्रवारदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका २२ डोजाङका १ सय ५० जना खेलाडी सहभागी थिए ।

Promise Education Consultancy