विकास रनिङ शिल्डको पहिला हाफमा उपाधि दाउ पार्न एपिएफको पास अत्यन्तै राम्रो

 

लेखराम सापकोटा
चितवन, १९ फागुन । नारायणगढको क्याम्पाचौरमा विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्रीस्टार क्लब विचको फाईनल खेलको पहिलो हाफ सकिएको छ ।

खेल दिउसो साढे ३ बजेपछि शुरु भएको प्रतियोगितामा खेल सुरु भएको ५ मिनेटमा नै पहिलो गोल एपिएफ २१ नम्बरका बिकु लामा गरेका थिए । भने थ्री स्टारको धेरै गोल प्रयास असफल भएको छ ।
एपिएफको पास अत्यन्तै राम्रो रहेको छ ।

यो गोलसगैँ एपिएफको जीत सुनिश्च हुनेको कि भन्ने आकंलन समे गरिएको छ । यद्यपी खेलको ५ मिनेट मात्रै कटेकोले बाकीँ नजिताको लागि खेल पुरा नभएसम्म केहि भन्न सकिदैन् ।

प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितिसकेको छ ।