विकास रनिङ शिल्डका उपाधिका लागि एपीएफको ५ मिनेटमा नै पहिलो गोल

लेखराम सापकोटा
चितवन, १९ फागुन । नारायणगढको क्याम्पाचौरमा विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्रीस्टार क्लब विचको फाईनल खेल सुरु भएको छ ।
पहिलो सेमिफाइनल खेलमा विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लवले फ्रेण्डस क्लवलाइ ३/१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबलाई हराएर थ्रीस्टारले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको थियो ।
खेल दिउसो साढे ३ बजेपछि शुरु भएको प्रतियोगितामा खेल सुरु भएको ५ मिनेटमा नै पहिलो गोल एपिएफ २१ नम्बरका बिकु लामा गरेका छन् ।
यो गोलसगैँ एपिएफको जीत सुनिश्च हुनेको कि भन्ने आकंलन समे गरिएको छ । यद्यपी खेलको ५ मिनेट मात्रै कटेकोले बाकीँ नजिताको लागि खेल पुरा नभएसम्म केहि भन्न सकिदैन् ।

प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितिसकेको छ ।