चितवनमा होलीमा अपराधीक गतिविधि ७ जनालाई मुद्दा !

राजेन्द्र आचार्य
चितवन, १९ फागुन । चितवनमा होली पर्वमा अपराधीक गतिविधि गर्ने ७ लाई सार्वजनिक (अपराध र सजाँय) ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही गरिएको छ ।
अमर्यादित बनाउने जस्ता उछृङखल गतिविधि गरि अपराधिक क्रियाकलाप गरेका ३९ जनालाई पक्राउ गरिएकोमा ७ जनाको अपराधीक क्रियाकलाप देखिएपछि मुद्दा चलाई कार्वाही गरिएको हो ।

“जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ लाई सभ्य, मर्यादित र शान्तिपूर्ण एवं भय रहित बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको थियो कार्यालय प्रमुख प्रहरी उपरिक्षक थापाले भने – एक अर्काको ईच्छा विपरित जवरजस्ती रंग, लोला हान्ने, सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने साथै सार्वजनिक शान्ती र अमनचयनमा बाधा पुराएका दोष्ीा ठहर गरेपछि मुद्दा चलाउन बाध्य भएको हौँ ।”

साथै बाँकी ३२ जनालाई सचेत गराई अभिभावकको जिम्मा लगाईएको उनले बताए ।

यसै गरी होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, मो.सा. मा २ जना भन्दा बढी चढ्ने, हेल्मेट नलगाउने तथा अनियन्त्रित गतिमा सवारी चलाउने समेत गरी ४८ वटा मोटर साईकल पक्राउ गरी ट्राफिक नियम अनुसार मोसा चालकलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।