पोखरामा प्याराग्लाईडिङ खस्दा दुई घाईते

पोखरा  १९ फागुन ।  पोखरा लेखनाथ महानगरपालिकाको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो ।

दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट पोखराका खहरेका ३४ बर्षिय राजबहादुर जिसी घाईते भएका हुन् ।

घाईते मध्ये जापानी नागरिकको सामान्य उपचार पछि फर्किएका छन् भने पाइलको ढाडमा चोट लागेका कारण फेवा सिटी अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

Promise Education Consultancy