सौराहामा विश्व वन्यजन्तु दिवस मनाईयो, हेरौँ ७ फोटो

चितवन, १९ फागुन। चितवनमा विभिन्न संरक्षण मुलक कार्यक्रम गरी शनिवार विश्व वन्यजन्तु दिवस मनाईएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौलीले जनचेतना मुलक ¥याली र अन्र्तक्रिया कार्यक्रम गरी यो दिवस मनाएको हो ।

राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहामा संरक्षण मुलक अन्र्तक्रिया तथा सौराहामा चेतना मुलक ¥याली निकालिएको उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलले जानकारी दिईन । अन्र्तक्रिया सुरु हुनु पूर्व निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत निकुञ्जको प्रवेशद्धारबाट चेनतामुलक ¥याली निकालिएको थियो ।

संरक्षणकर्मी,सौराहाका पर्यटन व्यवसायी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि सहभागी ¥यालीले सौराहा परिक्रममा गरेको थियो । अन्र्तक्रिया कार्यक्रममा संरक्षणकर्मीहरुले जनसहभागिताबाटै संरक्षणको काम प्रभावकारी हुने बताएका थिए ।

निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले संरक्षणमा चेतना सहितको जनसहभागिताले मात्र संरक्षण कार्य प्रभावकरी हुने बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले वयजन्तु संरक्षणमा समुदायका भूमिका अहम रहेको बताए ।

सोही अवसरमा राष्टिय प्रकृति संरक्षण कोषले सामुदियक वन लार्इ ४ वटा र चितवन.रा.नि.लार्इ ६ साइकल गरि १० वटा साईकल वन समुहका वन हेरालुलाई चोरीशिकार नियन्त्रणका लागि प्रदान गरिएको कोष संरक्षण अधिकृत सन्तोष भटट्राईले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल,तराई भू परिधि कार्यक्रमका सहप्रबन्धक तिलक ढकाल, बेलसहर

मध्यवर्ती सामुदायिक वनका अध्यक्ष टेकनाथ तिमिल्सेना,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामागं,  वर्ड एजुकेशन सोसाईटी चितवनकी अध्यक्ष सरस्वती सेढाई,सौराहा जेसीजका शिव भूषाल,

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान टिकौलीका अध्यक्ष सुरज कोइराला,संरक्षणकर्मी टिका गिरी,पत्रकार कोमलचन्द्र भगत लगायतले मन्तव्य राखेका थिए । उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलको अध्यक्षतामा भएको थियो ।