गैडाकोट–४ झपर्दीमा १ करोडमा गोपेश्वर शिवालय मन्दिर बन्ने

प्रकाश सिग्देल
गैडाकोट, १९ फागुन । गैडाकोट ४ झपर्दीमा रहेको गोपेश्वर शिबालय मन्दिर परिसरमा नया मन्दिरको शिलन्यास भएको छ ।
२०३२ सालमा स्थानिय सामाजिक अगुवा हरिप्रसाद घिमिरे सहितको टिमले स्थापना गरेको मन्दिर हाल आएर त्यसलाई अझ ब्यवस्थित र भक्तहरुको धार्मीक आस्थालाई उचो बनाउन नयाँ मन्दिर निमार्णका लागी सिलन्यास भएको हो ।
संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरेको हातबाट मन्दिरको सिलन्यास भएको हो । स्थानिय दाताहरुकै सहयोगमा करिव १ करोड लगानीमा नयाँ मन्दिर निमार्णको काम सुरु भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण रिमालले बताए ।


२०३२ सालमा संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरेसहित आफु समिलित टिमले मन्दिर स्थापना गरेको र अहिले सम्म आईपुग्दा पुरानो मन्दिर जिण बन्दै गएको भक्तहरुको संख्या पनि बढ्दै गएकाले व्यवस्थित मन्दिर निमार्णका लागी आफुहरुले चन्दा संकलन गरि काम थालनी गरेको उनले बताए ।
१ वर्ष भित्रैमा निमार्ण कार्य सम्पन्न गर्ने उहा बताउनु हुन्छ ।
नेपाली कलात्मक शैलीमा मन्दिर निकै आर्कषक र भब्य बनाईने उहाको भनाइृ छ ।
हाल मन्दिर परिसरमा मन्दिरले चर्चेको करिव १२ कठ्ठा जमिन रहेको र त्यो जमिन अ‍ैलेनी भएकाले मन्दिरको नाममा दर्ता गर्ने क्रममा समेत आफुहरु रहेको उनको भनाई छ ।
पछिल्लो समय पाश्चात्य संस्कृतिले हस्तक्षेप गर्दै गएको । नेपाली धर्म संस्कृतिमाथी पश्चिमाहरुको हस्तक्षेप बढी हुदै हिन्दुहरुलाई क्रिस्चियन बनाउने क्रम बढेकाले त्यस्तो गतिबिधि रोक्न आफुहरुले हिन्दु धर्मका आस्थाका केन्द्रहरुलाई प्रर्वधन गरि भक्तहरुमा धार्मीक आस्था जगाउनु पर्ने अवस्था सृजना भएकाले आफुहरु यसमा निकै सक्रिय भएर लागेको उनको भनाई छ ।
सो अवसरमा बोल्दै वडा नम्बर–४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने आफनो क्षेत्रमा ३ वटा महत्वपुर्ण मठमन्दिरहरु रहेको र ति तिनै मठ मन्दिर तथा धार्मीक सम्पदा संरक्षणका लागी आफुले सहयोग गरेको बताए ।
३२ सालमा गोपेश्वर शिवालय मन्दिरको स्थापनामा आफुले १० हजार बढि रकम दान गरेर सुरुवात गरेकाले आफु मठ मन्दिरको संरक्षण र रेखदेखमा सधै तत्पर रहेको बताए ।
अहिले अध्यक्ष बनेपछि पनि आफु धार्मीक सम्पदा संरक्षणमा निकै लागी परेको बताउदै आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा भजन कृतन समेत भएको थियो भने उद्योग बाणिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटा, ४ का वडा सदस्य नवराज तिवारी, स्थानिय सामाजिक अगुवा जनक ढुगांना, महिला नेतृ लक्ष्मी भट्राई, लगाएत स्थानिय बासिन्दा तथा भक्तजनहरुको सहभागिता रहेको मन्दिरका सचिव बामदेव घिमिरेले बताए ।

Promise Education Consultancy