विकास रनिङ शिल्डको उपाधिका लागि आज एपीएफ क्लब र थ्रीस्टार क्लवबीच प्रतिष्पर्धा हुदैँ

चितवन, १९ फागुन । नारायणढको क्याम्पाचौरमा जारि विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्रीस्टार क्लबको सामना गर्ने भएको छ।पहिलो सेमिफाइनल खेलमा विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लवले फ्रेण्डस क्लवलाइ ३(१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबलाई हराएर थ्रीस्टारले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो ।खेल दिउसो साढे ३ बजेपछि शुरु हुने छ प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितिसकेको छ ।