गैँडाकोटमा जारी प्रथम उप–मेयर कप फुटवल : शुक्रबार जनक मा.वि विजयी

राजन खरेल,

गैँडाकोट, १८ फागुन । गैँडाकोटको क्षेत्रिय रंगशालामा जारी प्रथम उप–मेयर कप छात्रा फुटवल प्रतियोगितामा शुक्रबार जनक माध्यामिक विद्यालय गैँडाकोट–५ विजयी भएको छ ।

जनक माध्यामिक विद्धालय गैँडाकोट–५ र नारायणी माध्यामिक विद्यालय गैँडाकोट–७ विचको खेलमा जनकले २–० को अग्रताले नारायणीलाई पराजित गराएको हो ।


खेलमा निर्धारित ४० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि, अतिरिक्त समयमा (सुडन डेथमा ) कृष्णा विष्ट र अन्जु श्रेष्ठले जनकका लागी १–१ गोल प्रहार गरेका थिए । उता नारायणी मा.वि.ले भने कुनै पनि खाता खोल्न नसेकेको गैँडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ ।

 

गैँडाकोट नगरपालिकाको आयोजना तथा गैँडाकोट खेलकुद विकास समिति र गैँडाकोट महिला फुटवल क्लबको संयोजनमा जारी खेलमा जम्मा १७ समुहको सहभागिता रहने छ । प्रतियोगितामा विद्यालय तहका कक्षा ६ देखि १० सम्मका छात्राहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

महिलाहरुको क्षमता विकास गर्दै नारी र पुरुष विचको विभेद कम गर्न टेवा पुर्याउने विश्वास गरिएको छ । अन्र्तराष्ट्रिय नारी दिवशका अबसरमा गत फागुन १६ गते बाट जारी खेलको एक कार्यक्रमका विच गत बुधबार प्रदेश नंम्बर ४ का प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपालीले समुद्घाटन गर्नुभएको थियो । खेलमा विजयी समुहलाई क्रमश नगद ३० हजार, २० हजार र दुई समुहलाई ८–८ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

नवलपुरको ईतिहासमा पहिलो पटक भएको छात्रा फुटबल प्रतियोगिता आगामी फागुन २४ सम्पन्न हुने बताईएको छ । खेल गैँडाकोट स्थित क्षेत्रिय रंगशालामा जारी रहेको छ ।

Promise Education Consultancy