होली संगै “पंचायत”को प्रचारप्रसार सुरु,फागुन २५ मा शो

आगामी चैत २ मा प्रदर्शन हुन लागेको फिल्म ‘पंचायत’ले  बिभिन्न होली बिषेश कार्यक्रममा सहभागिता जनाउँदै  प्रचारप्रसार  सुरुवात गरेको छ ।
 ऐतिहासिक र सामाजिक कथावस्तु जोडेर निर्माण भएको उक्त फिल्मका कलाकारले दिनभर विभिन्न ठाउँका होली विशेष लाईभ कार्यक्रममा पुगे ।
पञ्चायत टिमलाई दर्शक तथा कलाकारले भव्य स्वागत गरे भने कलाकारसँग सेल्फीमा दर्शक रमाए ।
 कार्यक्रममा फिल्मका निर्माता गणेश गिरी, कार्यकारी निर्माता, रवि अधिकारी, लेखक तथा निर्देशक शिवम अधिकारी, कलाकारहरु सरोज खनाल, नीता ढुंगाना र जाहान्वी बस्नेतको सहभागिता थियो ।
पंचायत लेखेको टिसर्ट लगाएका नायक सरोज खनालले भने, ‘चैत दुई मा पञ्चायत लाग्दै छ, तपाईहरु कसैलाई अन्याय परेको छ भने म न्याय दिन आउँदै छु, तपाईपनि आउनुस् हलमा ।’
नायिका नीता ढुंगानाले मुभी राम्रो बनेको भन्दै न्याय हेर्न पनि हल पुग्नुपर्ने प्रतिक्रिया दिईन् । कलाकारलाई दर्शकले राम्रै साथ दिएका थिए ।
‘गणतन्त्रको बेला आगामी चैत्र २ गते फेरी पञ्चायत आउँदै छ, मौलिक पन भएको नेपाली फिल्म हो पंचायत, हेरिदिनुस् तपाई असन्तुष्ट हुनुहुने छैन,’ निर्देशक शिवम् अधिकारीले भने ।
निर्माता गणेश गिरीले अर्गानिक फिल्म बनेको भन्दै नेपालीले हेर्नैपर्ने फिल्म बनेको दावी गरे । चलचित्र पत्रकार समेत रहेका कार्यकारी निर्माता अधिकारीले पत्रकारले पनि किन फिल्ममा लगानी गर्यो त्यो बुझनका लागि पनि पञ्चायत हेर्नैपर्न फिल्म भएको बताए ।
पंचायत यही फागुन २५ मा भिआईपी सो गर्ने तयारी गरिएको छ । जसमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल लगायत नेताहरु सहभागि हुने जनाईएको छ ।  अमेरिकामा २१७ वटा फिल्म मध्य पंचायतले उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्ड पाईसकेको छ ।
यसले पंचायतकालको एउटा गाउँको सामाजिक व्यवस्था, न्यायप्रणाली, संस्कृति र महिलामाथि हुने गलत क्रियाकलापलाई उजागर गरेको छ ।