उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ , एक जनाको मृत्यु

फागूपूर्णिमाको राति पोखरा हेम्जामा फेरि अर्को दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं. २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्नेको मृत्यु भयो भने चालक सामान्य घाईते छन् ।

सोहि ठाउँका २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा मनिपाल अस्पतालमा निधन भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते छन् ।

राति २ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी आउनासाथ घटनास्थल पुगेको प्रहरीले घाईतेद्वयलाई मनिपाल अस्पताल लगेकोमा बिहान ७ बजेति अधिकारीको ज्यान गएको हो । खाली सडक भएपनि रातको समयमा ओभर स्पिडका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा परेको स्कुटरको पछाडीको टायर नै फुत्किएको थियो ।

Promise Education Consultancy