चैतको पहिलो हप्ता नयाँ पार्टी : अध्यक्ष प्रचण्ड

अछाम,१८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् । अछाम पुगेका प्रचण्डले फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताए ।

उपेन्द्र यादव नेतृवको पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको जानकारी दिए ।

राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने प्रच्रण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले संघिय सरकारको पुर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए ।

एमाले र माओवादी केन्द्रबीचको एकता चैत पहिलो साताभित्र हुने भन्दै उनले, छिटो भयो भने यही यही महिनाको लाष्ट, अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ’ भने ।

Promise Education Consultancy