सौराहाको गैडाचोकमा व्यवसायी र पर्यटकको होली (हेरौँ २२ फोटो र भिडियो)

राजेन्द्र आचार्य
चितवन, १८ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायी र विदेशी पर्यटकहरु होलीमा रमाएका छन् ।
फागुको अवसरमा रहेक बर्ष जस्तै यो बर्ष रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले आयोजना गरेको होली मिलन कार्यक्रममा एक आपसमा रगंसाटासाट गर्दै विदेशी पर्यटकहरु रमाएका हुन् ।

 


होली मिलन कार्यक्रममा व्यवसायीसँगै पर्यटकहरु पनि होली खेलेर आत्मीयता साटासाट गरेको र यहि संस्कृति संरक्षण गर्न आफुहरुले । विदेशी पर्यटकले व्यवसायी तथा स्थानीयलाई अबिर दलेर भने, ‘ह्यापी होली ।’


सौराहाको सिसवार खेल मैदान नजिकबाट थारु नाच र भजनसहितको र्यालीले चरा चोक, हात्ती चोक हुदै सोराहा नगरी परिक्रममा गरि गैडा चोकमा आई आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै व्यवसायी र पर्यटकहरुले होली मनाएका हुन् ।


धेरै सौराहा आएका पर्यटकहरु रेवानसगैँ सौराहा जेसिसले समेत आयोजना गरेको कार्यक्रममा आफ्नै तरिकाले होली मनाएको सौेराहा जेसिसका पूर्वृ अध्यक्ष रामशरण सिलवालले बताए । त्यस्तै, नेपालीहरुको समूहमा मिसिएर तथा पर्यटकहरु आफै पनि आपसमा रंग दलेर होली खेल्नेहरु सौराहामा प्रशस्त भेटिएका थिए ।
सौराहा होली खेल्ने पर्यटकहरु प्राय चिनियाँ र भारतीय नागरिकहरु बढी देख्न्थिे । भने युरोपियन, अमेरिकन, अष्ट्रेलियनहरु होलीमा रमाइरहेको देखिन्थे  ।


उनीहरु भेटिएका नेपालीहरुलाई अविर लगाइदिँदै ‘हेप्पी होली’ भन्थे । नेपालीहरुले लगाइदिएको अविर पनि सहर्ष स्विकार्दै शुभकामना साट्थे ।
केही पर्यटक भने लोला र पिचकारीबाट रङ तथा पानी छ्यापेर रमाइलो गरिरहेको दृश्य निकै रमाईलो देखिएको थियो । युरोप देखि घुम्न आएको विदेशी पर्यटक लारा मार्क आफु सौराहा आएर रगंसगँ खेल्न पाउदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।


व्यवसायीहरुले पर्यटकलाई अबिर दलेर ह्यापी होलीसँगै ‘वेलकम टु सौराहा’ पनि भने । विदेशी पाहुनाले अबिर दलेपछि व्यवसायीहरु उत्साहित भएर पर्यटकलाई पनि अबिर दले । ‘स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न व्यवसायी र पर्यटकसँगै होली खेल्ने मौका जुराएका हौँ’, रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले भने ।
बाढीका करण क्षतिग्रस्त बनेको ६ महिनापछि सौराहामा ४५ प्रतिशतसम्म पर्यटक आउन थालेको रेवान सौराहाका प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । पर्यटक नआएर निराश बनेका व्यवसायी पर्यटक तान्न हरेक उपाय अपनाउन थालेका छन् ।
‘होलीलाई पनि पर्यटक तान्ने अवसरका रुपमा लिएका छौँ’, रेवान सौराहाका संस्थापन अध्यक्ष एवं सौराहा पर्ने रत्ननगर नगरपालिका वडा नं. ६ का अध्यक्ष बलराम दाहालले भने, ‘हामीले गरेका कार्यक्रमले स्वदेशी तथा विदेशी पर्यटकलाई एक दिन रमाउने वातावरण सृजना भएको छ ।’
रेवान सौराहाका सचिव विनोद लोप्चनले सञ्चालन गरेको कार्यक्रममा रेवान महिला समुहकी अध्यक्ष माला दाहाल, बछौली नारी चेतना सहकारीकी अध्यक्ष वविता चौधरी, क्षेत्रिय होटल संघका कोषाध्यक्ष शिरलाल परियार रेवान सौराहाका पूर्व अध्यक्ष सुवासचन्द्र गोतम, धुव्र गिरी, कपिल रेग्मी, नविन नेपाल, नरेश गिरी लगायतको सहभागी थियो ।

Promise Education Consultancy