नेपाली युवा बलर सन्दीप लामिछानेले क्रिस गेलसँग सीपीएल खेल्ने

काठमाडौं,१८ फागुन । नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् ।

पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले उनलाई अनुबन्ध गरेको हो । सो टिमको कप्तान वेष्ट इन्डिजका क्रिस गेल रहेका छन् भने सन्दीपले क्रिस गेलसँगै बेन कटिङ, टोम कोपर लगायतका खेलाडीसँग खेल्ने भएका छन् ।

आइपीएलमा अनुबन्ध भएको केही समयपछि नै सन्दीपले अर्को प्लेटफर्म पाएका हुन् ।

सीपीएल आगामी अगष्ट ८ देखि १६ सम्म हुनेछ भने ६ टिम सहभागी हुनेछन् । सीपीएलको पहिलो ड्राफ्टमा नेपालसहित १८ राष्ट्रका खेलाडीहरु समावेश गरिएका छन् ।