नारायणीमा पौडी खेल्न जाँदा एक जना वेपत्ता

चितवन,१८ फागुन ।नारायणीमा नदीमा पौडी खेल्ने क्रममा एक जना डुवेर वेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त हिजो दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।