श्यामा आसपास केन्द्रबिन्दु बनाई ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ,१८ फागुन ।दोलखामा आज बिहान ४ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको छ।

जिरी नजिकको श्यामा आसपास केन्द्रबिन्दु बनाई १०:५१ मा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो। गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रिक्टरको परकम्प गएको थियो।

गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। ४ रिक्टर स्केलभन्दा मुनिका परकम्प दिनहुँजसो गइरहेका उनले बताए। ४ भन्दा माथिको मात्र रेकर्ड हुने भएकाले साना परकम्पलाई सतर्कताका लागि मात्र विवरण दिने गरिएको छ।