सरकार तीन तहका श्री ३ नबनोस तर….

गजल
के पि को चर्को घाममा प्रचण्ड थपिए अब !
दोष छैन सेरलाई विपक्षमा धपिए अब !!
धमिल नहोस् गृह बादलको भो जिम्मा !
खती नहोस् अर्थको खतिवडा जपिए अब!!
सफा छौ रे लालबाबु फोहर सफा गर!
सिमा रक्षा गर पोख्रेल धेरै खपिए अब!।
मुखिया र जिम्माल झै नहोउ मुख्यमन्त्री !
सुन्न नपरोस् निमुखाको स्वर दबिए अब !!
सरकार तीन तहका श्री ३ नबनोस तर
सुन्न पाऔ पाँचै बर्षमा स्थिति सप्रीए अब!
आउँछ भन्थे समय आयो तर पर्खदैन !
दांयाबांया गरेमा तिम्रा दिन सकिए अब!!!
जीवनसागर
तनहुँ