जनकपुरमा आज अन्तरगृह परिक्रमा,होली भोली मनाइने

जनकपुरधाम,१८ फागुन । मिथिलाको बहुचर्चित धार्मिक एवां एतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा आज सम्पन्न भएको छ । १४ दिन अघि शुरु भएको यात्रा आज १५ दिन जनकपुरको अन्तरगृह परिक्रमासंगै सम्पन्न भएको हो । जनकपुरबाट विधिवत रुपमा शुरु भएको परिक्रमा फागु पुर्णिमा अर्थात आजको दिन जनकपुरको अन्तरगृह परिक्रमा पछि सम्पन्न भएपछि जनकपुरमा आज देखि फागु उत्सव मनाउने तयारी शुरु भएको हो । अन्तगृह परिक्रमाको भोली पल्ट जनकपुरमा होली मनाउने परम्परा छ ।त्यसै अनुरुप जनकपुरमा यस वर्ष शनिवार होली मनाइने साइत परेको छ । मिथिला बिहारी ( रामजानकी)को डोलासंगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ । परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ । फागुन औशिबाट शुरु भएर पुर्णिमा सम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउ स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ । डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु यात्रामा सहभागिता हुने गर्छन् । परिक्रमा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ । मिथिला माध्यमिकी परिक्रममा सहभागि हुन छुटेका श्रद्धालुहरु अन्तिम दिनको अन्तरगृह परिक्रममा सहभागि हुदा पनि पुण्यको भागी बनिन्छ भन्ने विश्वास छ ।अन्तरगृह परिक्रमामा लाखौको सख्यामा श्रद्धालुहरुको सहभागीता रहन्छ । नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीका समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा बास बस्ने हरेका ठाएँका स्थानीयबास्दिा र विभिन्न संघसंस्थाहरुले सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।