भोजपुरी फिल्मका सुपरस्टार निरहुआको जनकपुरको कार्यक्रममा तोडडफोड,ज्यान जोगाएर भागे निरहुआ

 

जनकपुरधाम, १८ फागुन । भोजपुरी फिल्म जगतका सुपरस्टार दिनेशलाल यादव निरहुआको जनकपुरको कार्यक्रममा टोडफोड भएको छ ।बिहीवार साझ जनकपुरको तिरहुतिया गाछीमा आयोजित ‘होली हंगामा’कार्यक्रममा दर्शकले हंगामा मच्चाउँदै कार्यक्रम अवरुद्ध पारेका थिए ।
निरहुआसंगै भोजपुरीकी अभिनेत्री अम्रपाली दुबे र नायिकका सिमा सिंहलगायतको टोली एस राज इन्टनेन्मेन्ट कम्पनीको प्रायोजनमा होली विशेष कार्यक्रममा सरिक हुन जनकपुर पुगेको थियो । मिथिलाको राजधानी जनकपुरमा भोजपुरी कलाकारलाई बोलाएर मैथिली भाषा तथा कलाकारको उपेक्षा गरेको भन्दै भोजपुरीका सुपरस्टार निरहुआको अपमान गरिएको हो

।भोजपुरी गीतसंगीत तडकभडक एवं अश्लिल हुन्छन् भन्दै दर्शकले निरहुआको दोस्रो प्रस्तुतीपछि नै भडकेर कुर्सी तोडफोडमा उत्रे र कार्यक्रम बन्द गराएका थिए ।पहिलो चोटी जनकपुर पुगेका निरहुआको प्रस्तुती हेर्न प्रदेश नं २ कै आठ जिल्लाका दर्शक तथा समर्थकहरु जनकपुर पुगेका थिए ।कार्यक्रममा टोडफोड हुन थालेपछि स्थानिय प्रशासनले निरहुआको टिमलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको थियो ।फागु पर्वको अवसरमा आयोजित होली हंगामा कार्यक्रमका आयोजकहरु दर्शकको यस्तो रवैयाले दुखी बनेका छन् ।कला क्षेत्रलाई सिमित दायरामा राख्न नमिल्ने र ठुला कलाकारको सम्मान गर्न जनकपुरले पाठ सिक्नु पर्ने उनीहरुले जनकपुरवासीलाई आग्रह गरेका छन् ।