विकाश रनिङ शिल्ड : उपाधिका लागि एपीएफले थ्री स्टारको सामना गर्ने

चितवन, १७ फागुन । नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लवले थ्री स्टार क्लबको सामना गर्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले मनाङ मस्याङदी क्लवलाइ ट्राईबेकरमा पराजित गरेको हो ।

निकै रोमान्चक भएको खेलमा निधारित समय सम्म दुवै टोलीबाट १-१ गोल भएपछी खेल ट्राईबेकरमा धकलिएको थियो ट्राईबेकरमा पनि ३-३ गोल भएपछी खेल सडनडेथमा १-० ले थ्री स्टार बिजयी भएको थियो समग्रमा ४-३ ले पराजित गर्दै थ्री स्टार बिजयी भएको हो ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले फ्रेण्डस क्लवलाइ ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । चितवनकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।