शसस्त्र प्रहरी गस्तीमा जादाँ मकवानपरबाट दुई क्युन्टल गाँजा बरामद

चितवन, १७ फागुन । चितवनका सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराले मकवानपरबाट दुई क्युन्टल गाँजा बरामद गरेको छ ।
गणबाट गएको गस्ती टोलीले मकवानपुर जिल्लाको राकसिराङ गाउँपालिका ६ बाट २ सय ३ किलो अबैध लागुऔषध गाँजा बरामद गरेको गण भण्डाराका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।
चितवन र मनवानपुर जिल्लाको सिमा क्षेत्रमा पर्ने डारबाङ गाउँको एउटा गोठमा १३ वटा बोरामा लुकाईछिपाई राखेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद भएको गाँजा आज नै स्थानिय जनप्रतिनिधी राप्ती नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष जल्लु चौधरी, ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक रामेश्वर त्वाती, र संचारकर्मीको रोहबरमा भण्डारामा नष्ट गरिएको छ ।
यो क्षेत्रमा हरेक बर्ष गाजाँ फडानी भएपछि लगाउने क्रम भने रोकिएको छैन् ।