विश्वकर्मा सेवा समितिले मनाए होली, हेरौँ ६ फोटो

चितवन, १७ फागुन । फागु पर्वको अवसरमा चितवनमा विश्वकर्मा सेवा समितिले होली विशेष कार्यक्रम सम्पन्न गरेको छ ।


२०५१ सालमा चितवनमा स्थापन भएको सेवा समितिले रंगहरुको पर्व होलीमा विकृती अन्त्य गर्नुपर्ने धारण राख्दै एकआपसमा सद्भावका रंगसाटेर मनाएको समितिका अध्यक्ष विपेन्द्र (विपिन) रामुदामुले जानकारी गराए ।


होली विशेष कार्यक्रमको एक समरोहका विच भरतपुर माहानगरपालिकाकी उपप्रमुख पार्वती शाहले उद्धघाटन गरेकी थिईन् ।


सो अवसरमा बोल्दै उनले जातिय विभेद अन्त्य गर्नु नै होली माथिको विजयी भएको बताईन् । समितिका अध्यक्ष विपेन्द्र रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष शेरबाहदुर पौडेल विक विशष्ट अतिथि रहेका थिए ।

भने कार्यक्रममा उवासंघ चितवनका विशिष्ट सदस्य ज्ञानेन्द्रमान शाक्य, पूर्व अध्यक्ष चित्रबहादुर खाती, सल्लाहकार खडक शदाशंकर र डा. शैलेन्द्र पोख्रेरलले विश्वकर्माहरु एकजुट हुनुपर्ने बताएका थिए ।