वीरगंजको गोली प्रहारका अभियुक्तहरु पक्राउ, पत्नीले प्रेमीसंग मिलेर दिइन् २५ हजारमा पतिको हत्याको सुपारी

राधेश्यामम पटेल

वीरगंज,१७ फागुन । पर्सा प्रहरीले हिजो वीरगंजमा भएको गोली प्रहार घटनालाई छानविन गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । पक्रउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका वडा नं ३ स्थायी घर भइ वीरगंज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भिम भन्ने उमेशप्रसाद चौरसियाकी श्रीमति वर्ष २३ की प्रियंका चौरसिया,प्रियंकाका प्रेमी बिकेन्द्रकुमार गुप्ता,हत्याको सुपारी लिने वर्ष २७ का मनोज गुप्ता र बन्दुक चलाउने २५ वर्षिय मुन्ना साह कानु गरी ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । ३५ वर्षिय उमेश माथि राती साढे ९ बजे ना ३४ प १०३ नंको रातो रंगको प्याशन प्रो मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए ।अनुसन्धानको क्रममा उमेशको हत्यामा निजकै पत्नी प्रियकाको हातर रहेको बताएको छ । प्रियकाले प्रेमी बिकेन्द्रसंग मिलेर हत्याको योजना बुनेकी थिइन् । सुपारी लिने बारा, परवानीपुर गाउँपालिका वडा नं १ मुसहरीका २७ वर्षिय मनोज गुप्ता र सुटर वीरगंज १२ मुर्ली बस्ने वर्ष २४ का मुन्नाले गोली प्रहार गरी रानीघाटको बाटो भएर भागेका थिए । भाारतीय महाबाणिज्य दूतावास उत्तर पटिको गेट नजिक लगाइएको सिसिटिभी क्यामेराले गर्दा घटना अनुसन्धान गर्न जम्मा ६ घण्टा लागेको पर्साका एसपी डा. गणेश रेग्मीले बताए । श्रीमतिले प्रेमीसंग मिलेर श्रीमान उमेशको हत्याका सुपारी रु २५ हजार नगदमा मनोजलाई दिएको अनुसन्धनबाट खुल्न आएका छ ।जस मध्ये ११ हजारमा १२ बोरको एउटा पिस्टोल र एउटा भरुवा गोली एक जनाबाट खरिद गरी हत्या गर्ने प्रयास भएको हो ।