६७ वर्षीय वृद्ध पक्राउ,दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा

कञ्चनपुर,१७ फागुन । दुई महिलाको हत्या गरेको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीमवस्तीको सिद्धबाबा मन्दिरमा बस्दै आएका ६० वर्षीया धर्मा मल्ल र सोही ठाउँकी ६५ वर्षीया पानमती धामीको हत्याको आरोपमा प्रहरीले ६७ वर्षीय वृद्ध श्यामलाल रानालाई पक्राउ गरेको हो ।

मल्लको गत साउन २९ गते र धामीको यही फागुन १० गते हत्या भएको थियो ।

हत्याका दुवै घटनामा रानाको संलग्नता देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।