सवारी दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतीपुर्तीको माग गर्दै मनकामनावासीद्वारा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन,१६ फागुन । सडक दुर्घटना परि मृत्यु भएका मृतकका पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै पीडित पक्षले राजधानी भित्रिने मुख्य सडक खण्ड पृथ्वी राजमार्ग ठप्प पारेका छन् ।
पिडितको माग पुरा गर्ने कुरामा यातायात समितिले आनाकानी र उदासीनता देखाएको भन्दै मनकामनाबासीले राजमार्ग बन्द गरेका हुन् ।

पीडित पक्ष र गोरखा यातायात व्यवसायी समिति र तराई यातायात व्यवसायी समितिबीच आज बुधबार सम्ममा छलफल गरि माग पुरा गर्ने सहमती भएको थियो । यातायात समितिका प्रतिनिधि नै छलफलमा नआएपछि पीडित पक्षले गोरखा यातायात र तराई यातायातको गाडीलाई आज दिउँसो देखि संचालनमा अवरोध गरेको थियो ।
गोरखा यातायात र तराई यातायातको गाडीलाई अवरोध गर्ने क्रममा प्रहरीले आन्दोलित पीडित पक्षलाई दमन गरेपछि सम्पूर्ण सवारी साधनलाई रोकी आन्दोलनमा उत्रिएको दिनेश जोशीले जानकारी दिनुभयो ।
फागुन १६गते पनि यातायात समितिको करिब ३ दर्जन गाडि नियन्त्रणमा लिएको थियो । यातायात समितिका पदाधिकारी र गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवान मास्के सहितको टोलीले पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा गोरखामा छलफल गर्ने र पिडित र यातायात व्यवसायी समिति बिच सहमती गराई पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरी यहि फागुन १६ गते २ बजेभित्रमा पिडितको माग सम्बोधन गर्ने सहमती पश्चात नियन्त्रणमा रहेको गाडिहरु छोडिएको थियो ।

गत माघ २१ गते गजुरीमा भएको गोरखा यातायात व्यवसायी समितिको माईक्रो र तराई यातायात व्यवसायी समितिको ट्रक एकआपसमा ठक्कर खादा मनकामना उधोग वाणिज्य संघ मनकामना बजार ईकाइ समितिका सभापति राजकुमार श्रेष्ठ र उहाँका भाई सुजित श्रेष्ठको मृत्यु भएको थियो ।

Promise Education Consultancy