प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार, चितवनका दावादोर्जे लामा कृषि,सहकारी तथा भूमिसुधार मन्त्री

हेटौंडा,१६ फागुन । प्रदेश नम्बर ३ मा चार जना मन्त्री नियुक्ति भएका छन् । बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चार मन्त्री नियुक्त गरेका हुन् । उनीहरूले सपथ लिइसकेका छन् ।

जसअनुसार माओवादीबाट युवराज दुलाल ‘शरद’ सामाजिक विकास मन्त्री, एमालेबाट कैलाश ढुंगेल अर्थिक मामिला तथा योजना मन्त्री, अरुण नेपाल उद्योग पर्यटन तथा वन वातावरण मन्त्री, दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्रीमा नियुक्ति भएका हुन् । कृषि,सहकारी तथा भूमिसुधार मन्त्री दावादोर्जे लामा चितवन क्षेत्र नम्वर १ (क) का प्रदेशसभा सदस्य हुन् ।

Promise Education Consultancy