आदर्शले ग–यो छात्रवृत्ति वितरण

चितवन, १६ फागुन । आदर्श नारी विकास केन्द्र भरतपुरले नियमित रुपमा संचालन गर्दै आइरहेको आदर्श छात्रवृत्ति वितरण कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न गरेको छ । भरतपुरका सात ओटा सामुदायिक विद्यालयमा अध्यनरत कुल ३५ जना विद्यार्थीहरुलाई स्टेशनरी, स्कुल झोला र पोशाकको लागि नगद रु. १,५०० गरि प्रत्येकलाई रु. ३,००० का दरले छात्रवृत्ति वितरण गरिएको थियो । जेहेन्दार तथा कम अवसर प्राप्त सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई लक्षित गरि २०६६ सालदेखि नियमित रुपमा कक्षा ६ देखि १२ सम्म अध्यानरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदै आइरहेको जानकारी आदर्श नारी विकास केन्द्रकी संस्थापक एवं कार्यक्रम संयोजक मीना खरेलले दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले आदर्श नारी विकास केन्द्र र यसका कार्यक्रमहरुले समाज परिवर्तनमा प्रभावकारी भूमिका खेलेको बताउदै आगामी दिनहरुमा जिल्ला समन्वय समितिले समेत सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यकमकि विशिष्ट अतिथि महिला तथा बालबालिका कार्यालय भरतपुरकि प्रमुख शान्ता कुमारी पौडेल, नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, आदर्श नारी विकास केन्द्रका सल्लाहकार एवं उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडेल, भरतपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष हरि प्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त संस्थाबाट भरतपुर वडा नं. ४ को लक्ष्मी मा.वि. लंकु र श्री मा. वि. बाह्रघरे, भरतपुर वडा नं. ८ को शरदपुर मा.वि. गौरिगंज, भरतपुर वडा नं. ३ को चमेली देवी पिया नि.मा.वि. बेलचोक, भरतपुर १० को नारायणी मा.वि. र चितवन मा.वि तथा भरतपुर वडा नं. १ को सीताराम संस्कृत मा.वि देवघाटमा अध्यानरत विद्यार्थीहरुले नियमितरुपमा छात्रवृत्ति प्राप्त गर्दै आइरहेको जानकारी आदर्श नारी विकास केन्द्रका कार्यक्रम अधिकृत नारायण सापकोटाले दिनुभयो । कार्यक्रम संस्थाकि उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष पवित्रा के.सी. को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy