हिमालय ट्राई नेशनको उपाधीमा भारतको हयाट्रि«क, १३ सय सिमिमा नेपालका विमल र राजेन्द्रको जोडी विजेता (१० फोटो र भिडियो)

राजेन्द्र आचार्य
दार्जलिङ्ग, १६ फागुन । हिमालय ट्राई नेशन ६ त्रिदेशीय कार र्यालीको उपाधी भारतका एसके अगजर अलि र मोहमद् उस्ताफ जोडीले हात पारेका छन् ।
निर्धारित साढे १६ सय किलोमिटर दुरी समय, दुरी र गतिको आधारमा सबैभन्दा सुरक्षित यात्रा गर्दै भारतको वंगलाको तर्फबाट सहभागी अलि र उस्ताफले हात पारेका हुन् ।

उपाधि विजेतलाई दार्जलिङ्गको भानु पार्कमा एक समारोहका विच दार्जलिङ्ग स्टेट प्रहरी प्रमुख अखिलेस चर्तुवेदीले भारु नगद १ लाख रुपैयासहित शिल्ड र ट्रफि प्रदान गरेका थिए ।


अलि र उस्ताफले यसअघिका ३ वटा र्यालीमा लगातार रुपमा पहिलो हुदै तेश्रो पटक पनि पहिलो भई ह्याट्रकी गर्न सफल भएका हुन् ।

यस्तै भारतकै सुविर रोय र निरभ मेहेताको जोडीले दोश्रो हुदै ७५ हजार भारतीय रुपैयासहित शिल्ड र ट्रफि र तेश्रो हुने विजयकुमार सेन र चन्दन सेनको जोडीले ५० हजार भारतीय नगद रुपैयासहित शिल्ड र ट्रफि पाउन सफल भएका थिए ।

यस्तै र्यालीकै खुल्ला प्रतिस्पर्धामा भारतका गगन सेती र धिरज आरोराका जोडी पहिलो हुदै भारु नगद २५ हजमर रुपैयासहित शिल्ड र ट्रफि, गोविन्द धिमाल र आन्नद अग्रवालको जोडीले दोश्रो हुदै भारु नगद २० हजार रुपैयासहित शिल्ड र ट्रफि र प्रान्जल मोर र मिलिन्डो पलको जोडी तेश्रो हुदै भारु नगद १० हजार रुपैयासहित शिल्ड र ट्रफि हात पारेको थिए ।
यस्तै र्यालीमा पहिलो पटक सहभागी चितवनको टाटा कारको लागि आधिकारीक विक्रेता रहेको आरवी मोर्टस्का सञ्चालकद्धय विमल पौडेल र राजेन्द्र गैरले र्यालीमा १३ सय सिसि कममा उत्कृष्ट भई शिल्ड र ट्रफि हात पारेका थिए ।


टोलीले टाटा टियागोबाट यात्रा गरेको थियो । टोलीमा नेपालको तर्फ चितवनको लागि स्कोडा कारको आधिकारीक विक्रेता युरो अटोका प्रबन्ध निर्देशक रविनकुमार श्रेष्ठ र अमित सिलवालको जोडी, टिभिएस बाईकको चितवनको आधिकारिक विक्रेता मालाश्री मार्टस्का सञ्चालक भिमसेनकुमार श्रेष्ठ र अमित श्रेष्ठको जोडी प्रतिस्पर्धामा सहभागी थिए ।
टोलीमा नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) प्रदेश नम्बर १ का संयोजक कविन श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, पूर्वी चितवन पत्रकार संघका उपाध्यक्ष राजेन्द्र आचार्य, कार्यसमिति सदस्यद्धय राजेन्द्र ओली र सिदार्थलाल चुके, प्रशान्त कुमार पिया, धिरज कार्की, सरोज अर्यालसहितको टोली सहभागी थिए ।
सो अवसरमा बोल्दै उवासंघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ तीन देश विचको पर्यटन र व्यवसायी सम्बन्धन विस्तारमा र्याली उपयोगी भएको बताए ।
भारतकै सिलगुडीबाट ६ दिन अगाडी सुरु भएको र्याली सिलगुडी हुदै नेपालको विर्तामोड, दमक, ईटहरी, लाहान, बर्दिवास हुदै पहिलो पटक नेपालको तेश्रो पर्यटकीय नगरी सौराहा हुदैँ भातरको मूर्ती हुदै भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्गमा पुगेर समापन गरिएको थियो ।


र्यालीको दोश्रो दिन पहिलो पटक चितवन सौराहा पुगेको टोलीले जिल्लाको विभिन्न पर्यटकीय स्थलहरु अवलोकनसगैँ धार्मिक पर्यटकीय क्षेत्र देवघाटको समेत अवलोकन गरेको नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।
समय, दुरी र गतिको आधारमा साढे १६ सय किलोमिटर पार गर्दै टोली दार्जलिङ्ग आईपुगेको थियो ।
जस्ट स्पोर्टस् क्लबको आयोजना हरेक बर्ष जस्तै छठौँ संस्रकणमा आयोजना गरेको र्यालीले नेपाल, भारत र भुटान विच पर्यटन प्रर्वद्धन हुनुका साथै व्यवसायी सम्बन्ध विस्तारमा थप मद्दत पुगेको कपुरीको दावी छ ।
आगामी सातौँ संस्करण चौदेशीय र्यालीका वंगलादेशसगैँ नेपालको पोखरा र बर्दिवासबाट समेत टोली सहभागी हुने बताए । साथै नेपालको तर्फबाट कार्यक्रम सफल बनाउने सबै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Promise Education Consultancy