कर्मचारी अवकाशमा १५ अर्ब खर्च

काठमाडौँ,१६फागुन । स्वेच्छिक अवकासमा जाने कर्मचारीका लागि करिब १५ अर्ब खर्च हुनसक्ने सामन्य प्रशासन मन्त्रालयले प्रक्षेपन गरेको छ।
मंगलबारसम्म तथ्यांकअनुसार स्वैच्छिक अवकाशका लागि ४ हजार सात सय ६४ जनाले निवेदन दिएका छन् । म्याद सकिए पनि विवरण संकलन जारी भएकोले अवकाश रोज्नेको संख्या करिब ५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।
यो आधारमा उनीहरुका लागि राज्यले करिब १५ अर्ब खर्च गर्नुपर्नेछ । यो रकम लिएर जानेले पनि सात वर्षपछि नियमित पेन्सन पाउँछन् ।
अवकासमा जान ३ सचिव र १५ सहसचिवले आवेदन दिएका छन्। आजको नयाँपत्रिका दैनिकमा खबर छ।