प्रजनन स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

चितवन, १५ फागुन । । साैराहा बचत तथा रिण सहकारी संस्थाकाे अायाेजनामा साैराहामा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । सामुदायिक सहयाेग केन्द्रकाे सहयाेग र मितेरी पाेलिक्लनिक भरतपुरकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा करिब १०० जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा स्त्रीराेग विशेषज्ञ डा रामप्रसाद सापकाेटाले महिलामा हुने प्रजनन राेग,अपनाउनु पर्ने सर्तकता र उपचारका विषयमा सहजिकरण गरेका थिए । संस्थाका अध्यक्ष गणेश खतिवडाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक सहयाेग केन्द्रका अध्यक्ष केशव पाण्डे,उपाध्यक्ष राजेन्द्र खरेल,सहकारीका सचिव  याेगेन्द्रनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारीकी महिला उपसमितिकी संयाेजक सुना रेग्मीले स्वागत मन्तव्य राखेकी थिईन ।

Promise Education Consultancy