२० रुपैयाको चाउचाउमा साईकल उपहार

चितवन,१५ फागुन । पूर्वी चितवनको रत्ननगरमा करेन्ट चाउचाउ किन्दा २ जनालाई साईकल उपहार परेको छ । नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत राहुलकुमार गुप्ता र शिवप्रसाद मैनालीलाई साईकल उपहार परेको हो ।

रत्ननगर २ सिनेमारोड निवासी गुप्ताले हाईस्कुल रोडको एक पसलबाट चाउचाउ खरिद गरेका थिए । गत शुक्रवार २० रुपैयामा चाउचाउ खरिद गरेका गुप्तालाई उपहार परेपछि मंगलवार साईकल प्रदान गरिएको छ । करेन्ट चाउचाउका एरिया मेनेजर पुष्पराज अधिकारी,अफिसर भीमप्रसाद दाहाल र संगम टे«र्डसका संचालक सुर्य रेग्मीको टोलीले गुप्तालाई साईकल प्रदान गरेका हुन् । यस्तै मैनाली किरानाका संचालक शिवप्रसाद मैनालीलाई करेन्ट चाउचाउमा साईकल उपहार परेको हो । मैनालीलाई पनि मंगलवारनै साईकल प्रदान गरिएको छ । उपहार प्राप्त गर्ने दुवै जनालाई ७,७ हजार वरावरको साईकल प्रदान गरिएको पूर्वी चितवनमा करेन्ट चाउचाउका आधिकारीक विक्रेता संगम टे«र्डसका संचालक सुर्य रेग्मीले जानकारी दिए । रुपेन्देहीको वुटवल स्थित यशोदा फुड्स प्रालिले करिव तीन महिना अघिदेखी करेन्ट चाउचाउ उत्पादन सुरु गरेको थियो । करेन्ट चाउचाउमा साईकल,क्रिकेट व्याट,वल,फुटवल,भलिवल लगायत उपहार राखिएको छ । वुद्धिसागर वस्यालका साथमा पलेटी साँझ फागुन १५ गते । अनाथ तथा असहाय वालवालिकाको सहयोगार्थ सोमवार वेलुका लायन्स पलेटी साँझ साँस्कृतिक कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपालको आयोजनामा आधुनिक तथा लोक दोहोरी गायक वुद्धिसागर वस्यालका साथमा सास्कृतिक कार्यक्रम गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गायक वस्यालले छमछम पाउजुले,क्या राम्रो तानसेन वजारमा,वुढेशकालैमा,थ्री थ्री वावु थ्री थ्री लगायतका एक दर्जन गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा लोकदोहोरी गायक गोविन्द अधिकारी,गायिका जुना डिसी लगायतका कलाकारहरुले पनि आआफ्नो प्रस्तुती दिएका थिए । रत्ननगर सौराहाचोक स्थित होटल गंगोत्री हाईवेमा आयोजित कार्यक्रम अवलोकनका लागि रु ५०० र रु ८०० को टिकटको व्यवस्था गरिएको थियो ।

लायन्स क्लव अफ रत्ननगर मिड नेपालका अध्यक्ष जगदिशचन्द्र शर्माको अध्यक्षतामा भएको सास्कृतिक कार्यक्रमको उद्घाटनका अवसरमा रत्ननगरका मेयर नारायण वन,उपमेयर विमला दुवाडी,लायन्स क्लवका पुर्व डिष्ट्रिक गर्भनर घनश्याम भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमबाट संकलित रकमले रत्ननगरका अनाथ तथा असहाय वालवालिकालाई सहयोग गर्ने लायन्स क्लवले जनाएको छ ।

 

Promise Education Consultancy