चितवनमा मंगलम, चलचित्रमा लगानी बारे शिल्पाले मुख खोलिन

 

सुशिल पन्त

चितवन,१५ फाल्गुन। पछील्लो समय चितवनमा चलचित्र सम्बन्धी गतिबिधी बढ्दो रहेको छ । चलचित्रको प्रचार प्रसारको लागि चितवन केन्द्र बिन्दु नै बन्दै गईरहेको छ ।प्राय जसो हरेक हप्ता रिलिज हुने चलचित्रको प्रसारप्रसारको लागि निर्माण टिम चितवन आउने गरेका छन । यसै क्रममा फाल्गुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र मंगलम टिम मंगलबार चितवन आईपुगेको छ ।

चलचित्र सम्बन्धी जानकारी गराउन कार्यकारी निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, निर्मात्री एव नायिका शिल्पा पोख्रेल सहितको टोलीले मंगलबार चितवनमा पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता ओझाले चलचित्र सामाजिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएकोले स–परिवार बसेर चलचित्र हेर्न सकिने बताउनु भएको छ ।

चलचित्रमा कथाले मागेको अनुसार कै कलाकारहरु राखियको समेत ओझाले बताउनु भएको छ । यस्तै ओझाले चलचित्र असोज ११ गते रिलिज गरिने भनिएता पनि सोही मितीमा छक्का पन्जा २ प्रदर्शन भएको र छक्का पन्जा २ र मंगलमको बितरक एउटै भएकोले सहमतीमै चलचित्रको प्रदर्शन मिती सारीएको बताउनुभयो ।आफुले ३० बर्ष देखी चलचित्रकै खेती गरिरहेको र यो चलचित्रमा भने केही फरक गर्ने प्रयास गरिएको बताउनुभयो । आफ्नो अन्य चलचित्रमा एक्सन हुने गरेको भएपनी मंगलममा भने एक झप्पड हानेको दृश्य सेमत नराखिएको ओझाले जानकारी दिनुभयो ।

चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाहको भूमिका बारे पनि ओझाले जानकारी गराउनुभएको छ ।साम्राज्ञीलाई कथाको माग अनुसार नै राखिएको दाबी गर्दै ओझाले साम्राज्ञी नभएको भय मंगलन अपुरो हुने जिकिर गर्नुभएको छ । साथै ओझाले चलचित्रमा  साम्राज्ञीको भूमिका निकै शशक्त रहेको समेत दाबी गर्नुभएको छ ।चलचित्रका निर्देशक नवल नेपालले एउटा परिवार भित्रको परिवारीक प्रेम कथालाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताउनुभएको छ । चलचित्रमा श्रीमान, श्रीमती बिचको प्रेमकथा समेटियको नेपालले बताउनुभयो ।

यस्तै चलचित्रका नायक पुष्प खड्काले मंगलमबाट आफुले ठुलो अपेक्षा गरेको बताउनुभएको छ । छवीराज ओझा र नवल नेपाल जस्ता हस्तीहरुमा काम गर्नु आँफैेमा ठुलो कुरा भएको समेत खड्काको भनाई रहेको छ । खड्काले आफुले अहिले सम्म चक्लेटी भूमिका मात्र निर्वाह गरेको भए पनि यो चलचित्रमा भने फरक भूमिका रहेको जानकारी दिनुभएको छ । चलचित्रमा आफु एउटा इनोसेन्ट र इमोस्नल चरित्रमा देखा पर्ने खड्काले बताउनुभयो ।  चलचित्रको राम्रो पक्ष भनेको कथा बस्तु नै हो, त्यसैले चलचित्रमा काम गरेको हुँ, खड्काले भन्नुभयो ।

चलचित्रकी नायिका एव≠ निर्मात्री शिल्पा पोख्रेलले चलचित्रमा आफ्नो लगानी बारे मुख खोल्नुभएको छ । आफ्नो क्षेत्र भनेको चलचित्र क्षेत्र नै हो त्यसैले आफ्नै क्षेत्रलाई विश्वाश गरेर नै लगानी गरेको शिल्पाले बताउनुभएको छ । यस्तै चलचित्रमा आफ्नो भूमिका बारे बोल्दै शिल्पाले आफु एउटा छोरी, बुहारी  र श्रीमतीको भूमिकामा रहेको बताउनुभयो ।

काठमाण्डौ वरपर नै छाँयाकन गरिएको चलचित्र सुटिङ सकिन ३३ दिन लागेको थियो । चलचित्रको उपत्यका भित्रको बितरणको जिम्मा बि के फिल्म्सले पाएको छ भने मफोसलको जिम्मा एफ डि कम्पनीले पाएको छ । चलचित्रमा साम्राज्ञी, शिल्पा, पुष्प बाहेक पृथ्वीराज प्रसाई, निर शाह, मिथिला शर्मा आदिको अभिनय रहेको छ भने गोविन्द फुयाँलको कथा रहेको छ । चलचित्रलाई बिष्णु कल्पित घिमिरेले खिँचेका हुन ।

Promise Education Consultancy