कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु

धादिङ,१५ फागुन । धादिङमा कपडा पेल्ने मेसिन पड्किएर दुई जनाको मृत्यु भएको छ । धादिङ्को बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँमा कपडा पेल्ने मेसिन पड्किएर मंगलबार बिहान भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारीको मृत्यु भएको हो ।

ग१त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा उक्त घटना भएको हो ।

मेशिन पड्किदा गम्भिर घाईते भएका अन्सारीद्वयलाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

Promise Education Consultancy