विकाश रनिङ शिल्ड :आज थ्रीस्टार र नारायणगढ फुटबल क्लव भिड्ने

चितवन, फागुन १५ । नारायणगढको कयाम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगितामा आज थ्रीस्टार क्लव र नारायणगढ फुटबल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
यि दुई टोली बिचको खेल दिउसो साढे तीन बजेबाट सुर हुने आयोजकले जनाएको छ। प्रतियोगिता अन्र्तगत हिजो भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फ्रेण्डस क्लव काठमाडौं प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
हिजो भएको खेलमा पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस सेमीफाईनलमा प्रवेश गरेको हो ।प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।