जनयुद्धको प्रथम सहिद रम्तेल र सिरियामा ज्यान गुमाएकाहरुको सम्झनामा अखिल क्रान्तिकारीद्धारा दिप प्रज्वलन, हेरौँ फाेटाेफिचर

चितवन, १४ फागुन । चितवनमा सोमवार अखिल क्रान्तिकारीले जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको सम्झना र सिरियामा हिंसामा परि ज्यान गुमाएका बालवालिकाको मृत आत्माको शान्तिको कामना गर्दे दिप प्रज्वलन गरेको छ ।

जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात अाजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।

जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो ।

हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र सयौँको संख्यामा बालबालिका मारिएछी नेपालमा विरोध सुरु भएको हो । भरतपुको चौविसकोठीमा आयोजित दिप प्रज्वलनमा चितवनका युवा विद्यार्थीको सहभागीता रहेको थियो ।

Promise Education Consultancy