गैँडाकोटमा हुनलागेको उप–मेयर कप फुटवल प्रतियोगिताको तयारी पुरा , कृष्णगण्डकी र बालज्योती विच पहिलो भिडन्त हुने

राजन खरेल

गैँडाकोट, १४ फागुन । गैँडाकोटमा आयोजना हुन लागेको उप–मेयर कप छात्रा फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट खेलकुद विकास समितिको संयोजनमा यहि फागुन १६ गते बाट सुरु हुन लागेको प्रतियोगिताको सबै तयारी पुरा भएको हो ।

खेलकुद प्रतियोगिता अन्र्तगत कुल १७ वटा समुह सहभागी हुने आयोजक गैँडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ । प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुले सहभागिता जनाउने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । यसैबिच प्रतियोगिता संचालनका लागी टाईसिट समेत बनाईएको छ । जस अन्र्तगत पहिलो खेल बालज्योती मा.वि गैँडाकोट–१८, दमार र कृष्ण गण्डकी मा.वि गैँडाकोट–३ दमार विच हुने भएको  छ ।

 

छात्र–छात्रा विचको विभेद कम गर्दै लाने अभियानमा खेलकुद कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ ।
फागुन २४ गते सम्म चल्ने संचालन हुने प्रतियोगिता गैँडाकोट स्थित क्षेत्रिय रंगशालामा हुने, कार्यक्रमको संयोजनकारी संस्था गैँडाकोट खेलकुद विकास समितिले गर्ने जनाईएको छ ।