हिन्द महासागरमा चीनले बढी चासो देखाएको भन्दै भारत सतर्क

काठमाडौं, १४ फागुन — भारतको जलसेना प्रमुख एडमिरल सुनिल लाम्बाले हिन्द महासागरमा चीनले पहिलेभन्दा बढी चासो लिइरहेको बताएका छन् । भारतले त्यहाँ भएका गतिविधिमा कडा नजर राख्ने उनको भनाइ छ ।

मार्चको पहिलो हप्तामा अन्डमान निकोबार द्वीपसमूहमा हुने ठूलो जलसेना अभ्यास मिलन २०१८ अघि एडमिरल लाम्बाले संकेत दिएअनुसार चीनको जनमुक्ति सेनाको जलसेनाले हिन्द महासागरको यस क्षेत्रमा तैनाथी बढाएको छ ।

उनले भने, ‘मिलनको फोकस यस क्षेत्रका जलसेनाहरूमा छ ।’

हिन्द महासागरले छुने देश भएपनि पाकिस्तानलाई अभ्यासमा किन नबोलाइएको भन्ने प्रश्नमा अभ्यासको उद्देश्य लूक ईस्ट र एक्ट ईस्ट बढी भएको बताए । पाकिस्तानलाई भारतीय जलसेनाले हिन्द महासागर नेभल सिम्पोजियममा बोलाउने उनले जानकारी दिए ।

एडमिरल लाम्बाले भने, ‘मिलन अभ्यास आसियान र पूर्वी एसियाका अन्य देशका लागि महत्त्वपूर्ण छ किनकि दक्षिण चीन सागरदेखि लिएर पाँच फरक फरक देशसँग चीनको विवाद छ । चिनियाँ सेनाले यीमध्ये धेरै देशसँग निहुँ खोजिरहेको हुन्छ । यस्तोमा भारतीय जलसेना मलक्का, सुन्डा र लोम्बाक जलडमरुमा चौबीसै घण्टा आफ्नो युद्धपोत तयार राख्छ । समुद्री व्यापारमा भारतको निर्भरतालाई दृष्टिगत गर्दा समुद्री मार्गको सुरक्षा महत्त्वपूर्ण छ ।’

एजेन्सी

Promise Education Consultancy