उपेन्द्रलाई परराष्ट्रमन्त्री दिन ओली-प्रचण्ड सहमत,४ बजे मन्त्रीको सपथ

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

को-को मन्त्री बन्ने भन्ने सार्वजनिक भइनसके पनि नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।

यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

हाल मन्त्रिपरिषद् तीन सदस्यीय मात्र छ । पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

एमालेले अर्थ तथा योजना र माओवादीले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारीमा आपसी सहमति भइसकेको बुझिएको छ ।

दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।

ओलीले परराष्ट्र मन्त्रालय दिएर भए पनि उपेन्द्र यादवलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । फोरमलाई समेत समेट्दा सरकारको समर्थनमा स्पष्ट दुईतिहाइ बहुमत पुग्छ ।

Promise Education Consultancy