नियन्त्रणमा रहेको गोरखा र तराई यातायातको गाडि छोडियो

चित्र बहादुर गुरुङ
ईच्छाकामना, १४ फागुनसडक दुर्घटना परि मृत्यु भएका मृतकका पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र पिडितको माग पुरा गर्ने कुरामा यातायात समितिले आनाकानी र उदासीनता देखाएको भन्दै मनकामनाबासीले आज बिहानैदेखि कुरिनटारमा नियन्त्रणमा लिएको गोरखा यातायात व्यवसायी समिति र तराई यातायात व्यवसायी समितिको गाडीलाई छोडिएको छ । बिहान करिब साढे ८ बजेदेखि पिडित पक्षले ती यातायात समितिको करिब ३ दर्जन गाडि नियन्त्रणमा लिएको थियो । यातायात समितिका पदाधिकारी र गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवान मास्के सहितको टोलीले पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा गोरखामा छलफल गर्ने र पिडित र यातायात व्यवसायी समिति बिच सहमती गराई पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरी यहि फागुन १६ गते २ बजेभित्रमा पिडितको माग सम्बोधन गर्ने सहमती पश्चात नियन्त्रणमा रहेको गाडिहरु छोडिएको पिडित पक्षका दिनेश जोशीले बताउनुभयो । उहाँका अनुसार सहमति अनुसार सम्बोधन नभए फागुन १७ गतेबाट मुग्लिन–नौबिसेखण्डको मुख्य राजमार्ग नै अवरुद्ध पार्नेछ । यस्तै पिडित पक्षको मागलाई सम्बोधन नभएमा पिडित पक्षको आन्दोलनलाई आफुहरुले पनि सहमति तथा सहयोग गर्ने ईच्छाकामना गाउँपालिका चितवनका उपाध्यक्ष कृति कुमार श्रेष्ठले बताउनुभयो । गत माघ २१ गते गजुरीमा भएको गोरखा यातायात व्यवसायी समितिको माईक्रो र तराई यातायात व्यवसायी समितिको ट्रक एकआपसमा ठक्कर खादा मनकामना उधोग वाणिज्य संघ मनकामना बजार ईकाइ समितिका सभापति राजकुमार श्रेष्ठ र उहाँका भाई सुजित श्रेष्ठको मृत्यु भएको थियो ।