यूवाको नारायणी नदी सरसफाई अभियानमा एकाबिहानै मेयर रेनुले झाडु लगाएपछि हेरौँ तस्वीर र भिडियो

चितवन, १४ फागुन । सोमबार विहानै महानगरपालिकाकी मेयर रेणु दाहाल झाडु लिएर नारायणी नदी सरसफाईमा जुटेकी छिन् ।
नारायणी नदि बचाऔँ भन्दै स्थानिय यूवाहरुले आयोजना गरेको सरसफाई कार्यक्रममा उपस्थित भएकी हुन् ।

ससफाई कार्यक्रममा मेयर रेणु दाहालको साथमा उपमेयर पार्वती शाह पनि सहभागी थिईन् । सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिकाले गाडी र उमाशंकर ट्रस्टले सरसफाइ सामाग्री सहयोग गरेका थिए ।

सरसफाइ कार्यक्रमपछि प्रमुख दाहालले नारायणी नदी किनारलाई सुन्दरस्थलका रुपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको भन्दै आफूले कल्पना गरेको भन्दा बढी प्रदूषण नदी किनारमा पाएको बताइन् ।  उपप्रमुख शाहले दीर्घकालीन योजनाका साथ नदी र आसपासका क्षेत्रको प्रदूषण हटाएर सुन्दर र हराभरा नारायणी बनाइने बताइन् ।
उद्योग बाणिज्य सघ, वे ग्रुप सामथ्र्य नेपाल र प्रेसिडेन्सि कलेजका विद्यार्थी,उज्यालो नेपाल बाताबरण मैत्री पटियानी लगायत स्थानीय यूवाहरुको ठूलो संख्यामा सहभागी रहेको अभियनता अग्रवालले जानकारी दिए ।
भरतपुर महानगरपालिका १ का स्थानिय यूवा चन्दन अग्रवाल लगायतको स्थानिय यूवाहरुको पहलमा आज ठूलो संख्यामा स्वत स्फुर्त सरसफाईमा जुटेका थिए ।


शब दहनपछि देवघाटबाट निस्केका  फोेहोरहरु यस क्षेत्रमा बगाएर ल्याउने हुदाँ यहाँ निरन्तर सरसफाईको आवस्यकता रहेको अग्रवालले बताए ।उनले सरसफाई अभियान कार्यक्रमलाई निरन्तरता दिने पनि बताए ।

उनले फेसबुकबाट सरसफाईमा जुट्नका लागि सबैलाई आवहान गरेका थिए ।यूवाहरुको आवहानमा विभिन्न संघसंस्था स्थानिय व्यवसाहहरुको सहयोग र ठूलो संख्यामा सहभागीताले यूवाहरुलाई थप हौसला मिलेको उनले बताए ।

गौरी शंकर मन्दिर पोखरा वसपार्क देखि उद्योग वाणिज्यसंघ लिलाचोक सम्म सरसफाई गरिएको थियो ।